फेरी भिलेनकै रोलमा बबी देओल, बबीसँग भिड्न कठोर तालिम लिँदैछिन् आलिया भट्ट

काठमाण्डौं– एनिमलको १५ मिनेटको भुमिकाले चर्चामा रहेका वलिउड अभिनेता बबी देओलको डिमान्ड बढेको छ। धेरैजसो निर्देशकहरु उनलाई आफ्नो फिल्ममा खेलाउन चाहिरहेका छन्।

यसैक्रममा बबी देओल आलिया भट्टको आगामी फिल्म ‘अल्फा’मा पनि भिलेनकै भूमिकामा देखा पर्ने भएका छन्। ‘अल्फा’ शब्द ग्रीक वर्णमालाको पहिलो अक्षर हो। यसको अर्थ समाजको पुरानो सोच परिवर्तन गर्ने भन्ने हुन्छ।

अल्फामा आलिया भट्ट, शरवरी वाघ, बबी देओल र अनिल कपूरको भुमिका छन्। अल्फाको विषयमा हालै अफिसियल अनाउन्समेन्ट भिडियो सार्वजनिक भएको थियो। ‘अल्फा’मा आलिया भट्ट र शरवरी वाघ दिदीबहिनीको भूमिकामा देखिनेछन् भने खलनायक बनेका बबी देओलसँग आलिया भिडन्त छ।

भारतीय संचार माध्यमहरुका अनुसार अल्फामा आलिया भट्ट एक गुप्तचर एजेन्टको भूमिकामा छिन्। उनले सुपर एजेन्टको भूमिका निर्वाह गर्न ४ महिने कठोर तालिमसमेत लिइरहेकी छिन्। फिल्ममा उनको भुमिका अनौठो हुने बताइएको छ। अनिल कपूर आलिया भट्टका बुवाको भूमिकामा देखिने बताइएको छ।

यस्तो छ बबिको जिवन चक्र
बबी देवल बाल कलाकार हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका हुन। उनले सन् १९९५ मा फिल्म ‘बरसात’बाट फिल्म क्षेत्रमा पाइला टेकेका थिए। उनलाई यस फिल्मबाट फिल्मफेयर र बेस्ट डेब्यू अर्वाड समेत मिलेको थियो।

यसका साथै उनले ‘वो प्यार हो गया’, ‘करीब’, ‘सोल्जर’, ‘दिललगी’, ‘अपने’, ‘यमला पगला दिवाना’, ‘बादल’, ‘अजनबी’, ‘किस्मत’, ‘हमको तुमसे प्यार हे’ जस्ता थुपै फिल्ममा काम गरे। जसमा उनले राम्रो काम गरे पनि फिल्म भने चल्न सकेनन्।

दाजु सनी देवल र वुवा धमेन्द्रलाई जस्तो सफलता नपाएपछि केही वर्ष उनी फिल्म क्षेत्रबाट टाढा रहे। सन् २०१७ मा उनले फेरि ‘बोइज’ मार्फत कमब्याक गरे। सन् २०१८ मा सलमान खानसँग फिल्म ‘रेस–३’मा पनि देखिए।

उनले २०१९ मा ‘हाउसफुल–४’मा समेत काम गरे। तर, २०२० मा रिलिज भएको वेब सिरिज ‘आश्रम’ उनको लागि टर्निङ प्वाइन्ट बन्यो। उक्त वेब सिरिजमा उनको मुख्य भुमिका थियो। त्यसपछि उनको चर्चा एकाएक एनिमलमा भयो। उनले उक्त फिल्ममा केवल १५ मिनेट काम गरेका छन्। तर, उक्त फिल्मले बबिलाई सफलताको शिखरमा पुयाईदियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट