दुई तिहाई बहुमतसहित भोली नै प्रधानमन्त्री बन्ने ओलीको तयारी

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली (शुक्रबार) नै दुई तिहाई वहुमतसहितको प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले ओली भोली नै प्रधानमन्त्री नियुक्त हुने तयारीमा छन्।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता गठवन्धनले भोलि नै नयाँ सरकार गठनको तयारी गरेको स्रोतले जनाएको छ। बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको छ। वैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्नेछन्।

हालसम्म माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जनाबाहेक अन्य सांसदको समर्थन खुलेको छैन। कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत नदिने निर्णय नै गरिसकेका छन्।

त्यसैले दाहालको पक्षमा बहुमत नजुट्ने लगभग पक्का छ। तर, विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकको प्रकृयाले ओली प्रधानमन्त्री बन्ने समय निर्धारण गर्नेछ। दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपतिज्युबाट नयाँ सरकारको आह्वान हुनासाथ दुई तिहाई बहुमतसहित दाबी प्रस्तुत गर्ने तयारी भइरहेको एमालेका एक नेताले वताए।

त्यसका लागि कांग्रेस र एमालेले आ–आफ्ना १६६ जना सांसदको सांसदको हस्ताक्षर संकलन गरिसकेका छन्। २७५ सिटको प्रतिनिधिसभामा दुईतिहाई जुटाउन कांग्रेस–एमालेसँग १७ सीट कम छ। गठवन्धनले अन्य दलहरूलाई पनि सरकारमा सामेल हुन आग्रह गरिरहेका छन। १७ सिट थपेर दुई तिहाईसहित सरकारमा दाबी गर्ने तयारी रहेको एमाले नेताहरुको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट