ओली नेतृत्वको सरकारमा भाउजु पनि मन्त्री, कांग्रेसवाट क–कस्को छ सम्भावना ?

काठमाण्डौं– नेकपा एमालेसँग सत्ता सहकार्यको तयारी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक रुपमा मन्त्रीको सूचि बनाउन ब्यस्त छन्। यस पटक उनले सबै खेमा मिलाएर ‘टिम’ बनाउने तयारी गरेका छन्।

देउवाले बनाउने टिममा एउटा नाम भने निश्चित जस्तै छ। सवैले भाउजु भनेर सम्वोधन गर्ने आफनै श्रीमती आरजु राणालाई देउवाले मन्त्री बनाउने तयारी गरेका छन्। आरजुलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउने तयारी भईरहेको स्रोतको दावी छ।

आरजुले धेरै पहिलादेखि परराष्ट्रमन्त्री बन्ने चाहना व्यक्त गर्दै आएकी छिन्। कांग्रेस नेताहरुका यसपालि उनलाई कसैले रोक्न सक्ने अवस्था छैन। यस वाहेक गगन थापा, प्रकाशमान सिंह, सशांक कोइराला र शेखर कोइरालामध्येबाट कसैले सरकारको नेतृत्व गरोस भन्ने चाहाना देउवाले राखेका छन्।

यी नेताहरु तयार नभए टिमको नेतृत्व गर्दै गृह मन्त्रालयमा रमेश लेखकलाई पठाउने सम्भावना बलियो छ। कांग्रेसका प्रमुख सचेतक लेखक पार्टीभित्र समन्वयकारी नेताका रूपमा चिनिन्छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रुचाएका नेता हुन।

पछिल्लो राजनीतिक विकासक्रममा लेखकले ओलीसँग निकट भएर काम गरेका छन्। कांग्रेस–माओवादी गठवन्धन छँदा संक्रमणकालीन न्यायको विषयमा पनि उनले सकृय भएर काम गरेको र अबको मुख्य मुद्दा त्यसैसँग सम्वन्धित विधेयक हुने भएकाले पनि देउवाले लेखकलाई सरकारमा पठाउने तयारी गरेको नेताहरु वताउँछन्।

पदाधिकारी तहको कुनै नेताले गृहमन्त्रीमा अडान राखे भने कानुनमन्त्री बनाएर भएपनि उनलाई सरकारमा पठाउने तयारी छ। पदाधिकारी तहबाट गगन थापा, बद्री पाण्डे, जीवन परियार र किशोरसिंह राठौरमध्ये कोही मन्त्री बन्न सक्नेछन्। निकट स्रोतका अनुसार गगन थापा उपप्रधानमन्त्रीसहित सरकारमा आफनै जाने तयारीमा छन्।

उपप्रधान नपाए गृह मात्रै लिएर भएपनि सरकारमा जाने उनको तयारी छ। गगन नहुने अवस्थामा संस्थापनइतरबाट बद्री पाण्डेको सम्भावना पनि बलियो हुन्छ। तर, गगनले आफु नभए विश्वप्रकाश शर्मा वा प्रदीप पौडेल र प्रतिमा गौतमको नाम अगाडि वढाउन सक्ने सम्भावना छ।

सहमहामन्त्री किशोरसिंह राठौर, सशांक कोइरालाको कोटाबाट दीपक गिरी, गुल्मीकी विष्णुकुमारी सापकोटा, शेखर कोइराला खेमबाट चन्द्र भण्डरी, जुम्लाकी सांसद कान्तिका सेजुवाल, गण्डकीबाट सहमहामन्त्री जीवन परियार, भीनसेनदास प्रधान, दुर्लभ थापा, जितजंग बस्नेत र उदयशमशेर राणालगायतको नाम मन्त्री वन्ने सम्भावित सूचिमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट