ओली सरकारमा नयाँलाई अवसर, यी हुन सम्भावित मन्त्री, आन्तरिक तयारीमा देउवा

काठमाण्डौं– अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि ललितपुरस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा नेता/कार्यकर्ताको चहलपहल बढेको छ। यस पटक ओली चौथो पटक प्रधानमन्त्री बन्दैछन् भने एमालेले सातौं पटक सरकारको नेतृत्व गर्दैछ।

एमालेबाट ०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए भने ०६५ मा माधवकुमार नेपाल, ०६७ मा झलनाथ खनाल, ०७२ मा अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए। त्यसपछि ०७४ मा ओली नै प्रधानमन्त्रीमा दोहोरिए। ०७८ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनी चौथो पटक प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन्।

१७ असारमा कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने र पहिलो चरणमा त्यसको नेतृत्व अध्यक्ष ओलीले गर्ने सहमति भएको थियो। एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्री दाहालले २८ असारमा प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्नेछन्। यसको छिनोफानो भएपछि मात्रै ओलीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ।

यद्यपी, कांग्रेस र एमालेले मन्त्रालयको भागवण्डा भने मिलाई सकेका छन्। उनिहरुबीच कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति भएको छ। एमालेले सरकारमा को को जाने भन्ने विषय मोटामोटी तयारी पनि गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमाले निकटस्थ स्रोतका अनुसार ओलीले यसअघि दाहाल नेतृत्वको सरकारमा मन्त्री रहेका दुई नेतालाई दोह¥याउन सक्नेछन्। कानुन न्याय तथा संसदीय मामिलामन्त्री रहेका पदम गिरी र भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रहेका बलराम अघिकारी दोहोरिन सक्ने नाम हुन।

प्रधानमन्त्रीबाहेक एमालेबाट मन्त्रीहरूको नेतृत्व पार्टीका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुरूले गर्ने सम्भावना छ। मन्त्रीमा सचिव योगेश भट्टराई, जुली महतो, ऋषिकेश पोखरेल, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ र सूर्य थापाको नाम चर्चामा छ।

चर्चामा आएका नाममध्ये शर्मा मात्रै समानुपातिक तर्फकी सांसद हुन्। अरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन्। त्यसमध्ये भट्टराई, शर्मा, तामाङ र थापा मन्त्री नबनेका नयाँ अनुहार हुन्। तामाङले कञ्चनपुर ३ बाट वर्तमान प्रधानमन्त्री दाहालकी बुहारी बिना मगरलाई हराएका थिए।

यता, कांग्रेस सभापति शेरबहादुर देउवा पनि सरकारमा पठाउने मन्त्री छान्ने विषयमा आन्तरिक छलफलमा छन्। यसपटक देउवाले गुटभन्दा माथि उठेर नयाँलाई अवसर दिनेगरी सरकारमा मन्त्री पठाउने तयारी गरिरहेको नेताहरु बताउँछन्।

ओली र देउवका बीचमा उपप्रधानमन्त्री कसैलाई नवनाउने सहमति भएकाले नयाँले अवसर पाउने सम्भावन वलियो छ। उपप्रधानमन्त्री नराख्ने सहमति भए कांग्रेसबाट गृहमन्त्रालय लिएर प्रमुख सचेतकसमेत रहेका रमेश लेखक सरकारमा जाने बलियो सम्भावना छ। उपप्रधान पाए प्रकाशमान सिंह, शशांक कोइरालाले पनि सरकारमा जाने इच्छा व्यक्त गरिरहेका छन्।

कांग्रेस वृत्तमा महामन्त्री गगन थापाको नेतृत्वमा सरकार जाने चर्चा चलेपनि थापा आफैंले भने सरकारमा जान नचाहेको बताइएको छ। उनी १५औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने तयारीमा छन् उनले विश्वप्रकाश शर्मा वा प्रदीप पौडेललाई मन्त्री बनाउन देउवासमक्ष सिफारिस गर्दैछन्।

कांग्रेसबाट डा. आरजु राणा देउवा यसपटक सरकारमा जाने सम्भावना छ भने उदयशमशेर जबरा पनि दाबेदार हुन्। यीबाहेक संस्थापनबाट किशोरसिंह राठोर, शंकर भण्डारी, रामहरि खतिवडा, अजय चौरासिया, श्याम घिमिरे लगायतले पनि लबिङ गरिरहेको स्रोत वताउँछ।

शेखर–गगन पक्षबाट अर्जुन नरसिंह केसी, जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी, राजेन्द्र बजगाईँ, हृदयराम थानी, सरिता प्रसाई, मुक्ताकुमारी यादव लविङमा छन्। शशांक कोइराला सरकारमा नगए उनको कोटाबाट दीपक गिरी र दीपक खड्का दाबेदार बन्नेछन्।

देउवाले सरकारमा मन्त्री पठाउँदा इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित आफूनिकटका प्रकाशमान, कृष्ण सिटौला, विमलेन्द्र निधिलगायतका नेताहरूलाई पनि सन्तुलन मिलाउनुपर्ने बाध्यता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट