भारतको उन्नावमा बस र दुध बोकेको ट्यांकर ठोकिँदा १ बालकसहित १८ जनाको मृत्यु

काठमाण्डौं– भारतको उन्नाव जिल्लामा बुधबार बिहान भयंकर सवारी दुर्घटना भएको छ। एउटा बस र दुध बोकेको ट्यांकर आपसमा ठोकिँदा १८ जनाले ज्यान गुमाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस ट्यांकरसँग ठोक्किएको थियो। लखनऊ–आग्रा एक्सप्रेसवे अन्तर्गत बेहटा मुजावर थाना क्षेत्रको जोगीकोट गाउँको नजिकै हवाई पट्टीमा भएको यो दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

बालबालिकासहित करीब १ सय यात्रु रहेको बसका २ महिला र १० वर्षका बालकसमेत १८ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। साथै २० जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी अस्पताल लगिएको छ। दूधको ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट