बैंकका कर्मचारी नै हुण्डी काराबारमा संलग्न, कुमारी बैंककी कर्मचारी तृप्ती राणा पक्राउ

काठमाण्डौं– बैंकका कर्मचारी नै हुण्डी कारवारमा संलग्न रहेको खुलेको छ। प्रहरीले कुमारी बैंकको कुमारीपाटी शाखामा कार्यरत कर्मचारी तृप्ती राणालाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो।

विदेशमा रहेका आफन्तलाई पैसा पठाउने नाममा हुण्डीको कारोबार गरेको आरोप उनीमाथि छ। काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार राणाले बैंकमा पटक–पटक ठूलो मात्रामा रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएको छ।

बैंकले नै तयार गरेको यस्तो तथ्यांकसहितको प्रतिवेदनका आधारमा राणा पक्राउ परेकी हुन। उनी विरुद्ध बैंकले नै प्रहरीमा उजुरी पनि गरेको थियो। केहि कुरा बुझ्नुछ भन्दै पुगेको प्रहरीले राणालाई उनको कार्यालयबाटै पक्राउ गरेको हो।

राणलाई उनकै गाडीमा थापाथली पुर्याएर पक्राउ पुर्जी दिईएको छ। प्रहरीले उनको विषयमा अनुशन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएको छ। उनी कुमारी बैंकको युनियनकी नेतासमेत हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट