क्यानडालाई २–० ले हराँदै अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा प्रवेश

काठमाडौँ– क्यानडालाई २–० ले हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको ४८औँ संस्करणको फाइनल प्रवेश गरेको छ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अर्जेन्टिनाका लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे भन दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थपे।

यही दुई गोलीले अर्जेन्टिनाको जित सुनिश्चित गरेको छ। कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो। कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो। अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि जितिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट