एक साताअघि ‘जल समाधी’ लिने भन्दै घर छोडेर हिडेका तिम्सिना अझै फेला परेनन्

इटहरी– ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु, अलबिदा।’ लेखेर सम्पर्कविहिन भएका सुनसरीको इटहरी निवासी प्रतिष्ठित समालोचक प्रा.डा. रामजी तिम्सिना सातौं दिन (मंगलबार) पनि फेला परेका छैनन्। परिवार, आफन्त र प्रहरीले निरन्तर खोजी गर्दा पनि उनको अवस्था ज्ञात हुन सकेको छैन।

तिम्सिना बुधबार बिहान कोही नउठी घर छोडेर हिडेका थिए। उनले घर छोड्नु अघि कापीको एउटा चिर्कटोमा ठुल–ठुलो अक्षरमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु। अलबिदा।’ भनेर लेखेका थिए। जसको तल सानो अक्षरमा ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ।’

त्यसयता उनी कसैको सम्पर्कमा छैनन्। उनले बोक्ने मोबाइलमा पनि सम्पर्क हुँन सकेको छैन। बिहिबार अबेरसम्म फोनमा रिङ भने बजिरहेको थियो। मोवाईलको लोकेशन ट्रेस गर्दा बराहक्षेत्र आसपास देखाएकाले प्रहरीले सोही क्षेत्रमा खोजी गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले वताए।

तिम्सिनाको खोजीमा गोताखोरको टोली समेत परिचालन भएको छ। उनलाई चिन्ने र जान्नेहरुले तिम्सिनाको घरपरिवारमा बेमेल रहेको बताउँने गरेका छन्। लामो समयदेखिको बेमेलका कारण उनी मानसिक रुपमा विक्षिप्त रहेको जानकारहरू बताउँछन्।

भाषाविद् प्रा.डा. टंक न्यौपानेले पारिवारिक रूपमा त्यति धेरै राम्रो नभएको भन्ने विगतदेखि नै सुन्नमा आएको बताए। उनले जल समाधि नै लिनुपर्ने अवस्था कसरी बन्यो ? भन्ने चाहीँ खुल्न नसकेको बताए।

त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा अध्यापन गर्छन। उनी अङ्ग्रेजी विभागका प्राध्यापक हुन। केही वर्षअघि मात्रै उनले डायस्पोरा साहित्यमा विद्यावारिधि गरेका थिए। समालोचनाका क्षेत्रमा प्रखर वक्ताका रूपमा चिनिएका उनले आफूलाई फरक धारमा उभ्याएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट