पाँचथरमा धामी हेर्न भेला भएका युवाहरुबीच झडपः १ जनाको मृत्यु, ३ जना घाईते

विराटनगर– धामी बसेको हेर्न जम्मा भएका युवाहरुबीच झडप हुँदा पाँचथरमा एक जनाको मृत्यु भएको छ। अन्य ३ जना युवा घाईते छन्।

कुटपिटबाट घाईते भएका फिदिम नगरपालिका–१४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको हो। २८ वर्षका पर्शुराम राई, २२ वर्षका ध्रुव राई र २६ वर्षका पुष्कर विक घाईते छन्।

प्रहरीका अनुसारस्थानीय धनकुमार राईको घरमा चिन्ता बस्ने (धामी बस्ने) कार्यक्रममा भेला भएका युवाहरू बिच विहिबार राती साढे ९ बजे कुटाकुट भएको थियो। करिव २० जनाको समूहले ४ जना युवालाई कुटपिट गरेका थिए।

घाईतेहरुलाई उपचारका लागि राती नै पाँचथर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा शुक्रवार बिहान ४ बजे दिनेशको मृत्यु भएको र ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले बताए।

पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको उनको भनाई छ। झगडाको कारण खुलेको छैन। कुटपिटमा संलग्न युवाहरू फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट