रविलाई मुकुलको प्रश्नः जिबि राई नसमात्ने भए प्रतिपक्षीमा हुँदा किन म्याद तोकेर बोलेको ?

काठमाण्डौं– राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाल अहिले राष्ट्रिय रुपमा चर्चामा छन्। उनले तयार पारेको समिक्षा प्रतिवेदनपछि पार्टीले ७ दिन निलम्बन गर्ने निर्णय गरेपछि उनको चर्चा उत्कर्षमा छ।

अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई पदबाट निलम्बन गरेको हो। पार्टीले उनलाई थप कारबाही गर्ने तयारी गरिरहेको रास्वपा स्रोत बताउँछ।

पार्टीका अधिकांश नेता उनको विपक्षमा देखिएका छन्। ५२ सदस्यीय केन्द्रीय समितिमा अधिकांशले उनीमाथि कारबाहीको निर्णयमा हस्ताक्षर गरे। एकाधबाहेक कसैले पनि उनको बचाउ गर्न खोजेको समेत देखिएन। सोबिता गौतम, सन्तोष परियार, कविन्द्र बुर्लाकोटी लगायतले त वैठकपछि उनको आलोचना नै गरेका छन्।

तर, पार्टी वाहिर भने उनको समर्थनमा रहेकाहरुको संख्या कम छैन। खास गरी रास्वपा र पार्टी सभापति एवम गृहमन्त्री रवि लामिछाने प्रति तिव्र अपेक्षा राखेको तथा कृयाकलाप हेर्दा विरक्तिको तप्का मुकुलको पक्षमा छ।

नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसम्मले मुकुलको समर्थन गरेकी छिन्। मुकुलले एक महिना (६ जेठदेखि ६ असारसम्म) लगाई खासगरी पूर्वी–मधेस केन्द्रित ३८ वटा जिल्ला घुमेर तयार गरेको ३२ पृष्ठ लामो समीक्षा प्रतिवेदनले अहिलेको यो अवस्था सृजना गरेको हो। प्रतिवेदनमा उनले पार्टी सभापति रवि लामिछानेलाई गम्भीर प्रश्न सोधेका छन्। उनले यी प्रश्न नेता/कार्यकतासँगको अन्तरक्रियामा आएको र आफुले जस्ताको तस्तै प्रतिवेदनमा उल्लेख गरेको दावी गरेका छन्।

यस्ता छन् मुकुलले रविलाई सोधेका प्रश्न र उठाएका सवाल

  • १. सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन। सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।
  • २. चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सिके राउत जस्तो ब्याकमा नबसेर सभापति आफैँ गृहमन्त्री भएर किन गएको? यसले सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गयो।
  • ३. जिबि राई कहिले समातिन्छन्, समात्न सकिदैँनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको? सरकारमा गएपछि सोचे अनुरूप फाइल किन नखोलेको ?
  • ४. निर्मला पन्तले न्याय पाउने कहिले हो ?, ब्लु बस र रोजगारीको कुरा कहाँ पुग्यो?
  • ५. पार्टीमा सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो? होईन भने किन ग्यालेक्सीको टिम धेरै भयो?
  • ६. सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ। पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट