सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले वचतकर्ताको ९ करोड बढि ठगी गरेको उजुरी प्रहरीमा

काठमाण्डौं– सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सहकारी वैंकका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीमाथि ९ करोड ठगी गरेको तथ्यांक प्रहरीले फेला पारेको छ।

दोलखाको मान्दु–८ स्थायी ठेगाना भएका ६५ वर्षीय उप्रेतीलाई बुधबार दिउँसो प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरहेको हो। सहकारी अभियन्ताका रुपमा चिनिने उप्रेतीले काठमाडौँको सुकेधारा स्थित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोप छ।

उनले ६५ जना बचतकर्ताको ९ करोड २ लाख ६९ हजार रूपैयाँ अपचलन गरी ठगी गरेको जाहेरी प्रहरीमा छ।

प्रहरी वृत्त महाराजगन्जमा परेको सोही जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतबाट अध्यक्ष उप्रेतीसहित १२ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा पक्राउ अनुमति लिएको थियो।

९ चैत ०८० मा सहकारी विभाग नयाँ बानेश्वरमा दर्ता भएको उक्त सहकारीमा उक्त सहकारीमा हाम्रो सगरमाथा, आइडियल यमुना, नागरिक कल्याण, तपाईं–हाम्रो र घेदुङ बहुउद्देश्यीय गरी ५ वटा सहकारी गाभिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट