बालुवाटार पुगेका रास्वपाका मन्त्री ‘राजिनामा पत्र’ गोजीमै बोकेर फर्किए

काठमाण्डौं– सरकारमा सहभागि भएकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूको एउटै भनाई हुन्थ्यो– ‘गोजीमा राजिनामा पत्र छ, हामीले भनेजस्तो नभए तत्कालै वुझाएर सरकार छोड्छौ।’

तर, ब्यवहारमा भने उनीहरुले कहिलै त्यो हिम्मत देखाएनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्दा समेत रास्वपाका मन्त्रीहरु राजिनामा गोजिमै बोकेर हिडिरहेका छन्।

उपप्रधान एवम गृहमन्त्रीसहित रास्वपाका चारै जना मन्त्री आज विहानै राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुटार पुगे पनि राजिनामा पत्र भने गोजी मै बोकेर फर्किए। प्रधानमन्त्री दाहालसँग छलफल पछि उनीहरू राजीनामा नदिई फकिएका हुन।

प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। ‘आफ्नो संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो। हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं।’– उनले भने।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन भने उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट