सिक्री लुट्न गौशालामा गोली चलाउने २ जना पक्राउ, जेलबाट छुटे लगत्तै फेरी जेलको यात्रा

जनकपुर– जेठको अन्तिम साता सुनको सिक्री लुटपाट गर्न महोत्तरीको गौशालामा एक युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले लोडेड कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

महोत्तरीको भंगाहा नगरपालिका–२, बखरीटोलका ३० वर्षीय आशिष कुमार कण्ठ र धनुषाको सबैला नगरपालिक– ९, भटिहनका ४७ वर्षीय शशी शंकर कापर पक्राउ परेका हुन। उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

गत २८ जेठमा गौशाला नगरपालिका–५, मरहा खोलामा साँझ करिव साढे ५ बजे गौशाला–११, भरतपुरका ३० वर्षीय मुरारी भनिने विनयकुमार महतोमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरेको घट्नामा उनीहरुको संलग्नता रहेको महोत्तरी प्रहरीका डीएसपी सन्तुलाल जयसवारले दावी गरेका छन्। उनीहरु प्र.२–००९ प २८६१ नं. को मोटरसाइकलमा आएका थिए।

गोली प्रहारबाट महतो घाइते भएका थिए भने घटनास्थलबाट प्रहरीले दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद गरेको थियो। आरोपितले पहिचान लुकाउन आफुले लगाएका कपडा महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित खेतमा पेट्रोल खन्याएर आगो लगाएको फेला परेको थियो।

प्रहरीका अनुसार दुवै जना पटके अपराधी हुन। यसअघि पनि विभिन्न मुद्दामा जेल परेका उनीहरु ०७९ मा कैद भुक्तानपश्चात रिहा भएका थिए। शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ ०७९ मा रिहा भएका थिए भने सुनिल चोरी तथा डाँका मुद्दामा ३० महिना कैद काटेर जलेश्वर कारागारबाट ७ फागुन ०७९ मा रिहा भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट