रविसहितका रास्वपाका मन्त्रीहरुले प्रचण्डलाई भेटेर राजिनामा वुझाउँदै

काठमाण्डौं– उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्। आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर मन्त्रीहरुले राजीनामा दिने तयारी छ।

‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने–‘अहिले बिहान प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ।’

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ। बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको छ। मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका छन्।

सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्। सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

रास्वपाको मंगलबारको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट