फलामको रडले टाउकोमा लाग्दा पुलबाट खसेका मजदुरको मृत्यु

विराटनगर– धनकुटामा फलामको रडले टाउकोमा लागेर पुल निर्माणको काम गर्दै गरेका मजदुरको मृत्यु भएको छ।

साँगुरीगढी गाउँपालिका–३ स्थित रघुवा खोलामा निर्माणाधिन पुलको काम गरिरहेका पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगरको मृत्यु भएको हो।

मगरलाई मंगलबार फलामको रडले टाउकोमा लागेको थियो। रडको चोटले उनी पुलबाट खसेका थिए। घाइते अवस्थामा उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाले अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट