सहकारी ठगी प्रकरणमा सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

काठमाडौं– सहकारीको वचत रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उनलाई बुधबार महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो।

सरकारले गत महिना समस्याग्रस्त घोषित गरेको आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीको रकम हिनामिना गरेको आरोपमा उप्रेती पक्राउ परेको प्रहरीले जनाएको छ। उनी आईडियल यमुनाका सञ्चालक हुन।

सहकारी ठगी सम्बन्धी अनुशन्धान गर्न नेकपा एमालेका नेता सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन समितिलाई छानविनका लागि वुझाईएको लिष्टमा यो सहकारीको पनि नाम छ। यो सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न सकेको छैन।

संसदीय छानबिन समितिले मंगलबार आयोजना गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे उननले सुभाव दिएका थिए। उनी केही समय अघिसम्म नेकपा एमालेको केन्द्रीय सहकारी विभागका सचिवसमेत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट