असई हत्याका आरोपी पुर्वसांसद थुनामा, घाईते असईलाई एम्वुलेन्सवाट झिकेर गरिएको थियो हत्या

जनकपुर— असई हत्याका आरोपित मधेश प्रदेशका पूर्वसांसद कौशाल यादव थुनामा पुगेका छन्। सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका उनलाई आज महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले दुई वटा मुद्दा मध्ये एउटामा थुनामा राख्ने र अर्कोमा ५ हजार धरौटी माग्ने आदेश दिएको हो। श्रेस्तेदार नुतन झाका अनुसार कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय भएको हो।

०७२ सालको मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा प्रहरीले यादवलाई शनिबार राति पक्राउ गरेको थियो। पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको थियो। त्यसै वेला खोधखोज गर्ने क्रममा उनी भाग्न खोजेका थिए। तर, उनी फरार अभियुक्त भएको खुलेपछि प्रहरीले तत्कालै उनलाई गाडीसहित नियन्त्रणमा लिएको थियो।

२५ भदौ ०७२ मा महोत्तरी स्थित सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरेका थिए।

घाईते अवस्थामा रहेका उनलाई उपचारका लागि अस्पताल लाने क्रममा एम्वुलेन्सबाट निकाली खेदमा लखेटी–लखेटी हत्या गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट