किन पदबाट राजिनामा दिने मुडमा पुगे रवि लामिछाने? यस्तो छ कारण

काठमाण्डौ– नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ गठवन्धन बनाएसँग सरकार अल्पमतमा परेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिन लागेका छन्। अल्पमतको सरकारमा बस्नुको औचित्य नभएको भन्दै लामिछानेले राजीनामा दिने तयारी गरेको जनाईएको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले आजको बैठकपछि निर्णय गरेर आजै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ। दुई प्रमुख दलबीच नयाँ समझदारी भएकाले अव अल्पमतको सरकारमा वस्नुको अर्थ नरहने उनको वुझाई छ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आजसम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबार बसेको बैठकले भने कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्रीले राजिनामा नदिएसम्म सरकार पनि नछोड्ने निर्णय गरेको छ।

तर, आज वस्ने पार्टीको केन्द्रीय समितिको बैठकले सरकार छाड्ने कि नछाड्ने भन्ने निर्णय गर्ने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट