भारतको हाथरसस्थित सत्संगमा भागदौड हुँदा मर्नेको संख्या १२० पुग्यो

काठमाण्डौं– भारतको उत्तर प्रदेश स्थित हाथरसमा मंगलबार हिन्दु धर्मालम्वीहरुको धार्मिक कार्यक्रम (सत्संग) को क्रममा भागदौड हुँदा १२० जनाको मृत्यु भएको छ। अझै कयौं घाइते छन्।

हाथरसका डीएम आशिष कुमारले १ सय जना भन्दाबढिको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जनाएको भारतीय मिडियाहरुले जनाएका छन्। घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको छ।

एक लोकप्रिय प्रचारकको प्रवचनका लगि हाथरस सहर नजिकै ठूलो भिड जम्मा भएको थियो। प्रवचन सकिएपछि मानिसहरु वाहिर निस्किने क्रममा थिए। त्यसै बेला धुलोको ठूलो आँधी आयो। मानिसहरु भाग्ने थाले। त्यसै क्रममा धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको जनाईएको छ।

उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वीले मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भएको जनाएका छन्।

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए। धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए। आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए। त्यहाँ मृतकहरूलाई राखिएको थियो। उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट