विमा रकम हात पार्न मालिककै योजनामा सुनचाँदी पसलबाट २ करोडको चोरी, ५ जना पक्राउ

काठमाडौँ– चितवनको कालिका नगरपालिका–६ स्थित विनोद सुनारको सुनचाँदी पसलमा गत १ असारमा चोरी भयो। राति करिब साढे ८ बजे मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिले हतियार देखाएर चोरी गरे।

ती ब्यक्तिले पसलमा बसिरहेका व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमको घाँटीमा खुकुरी र चक्कु तेर्स्याएर पसलमा राखिएका भएभरका गहना लुटेर लगे। करिब २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी र हिराको गहना चोरी भएको प्रहरीको अनुमान थियो।

गहना पसलमा चोरी भएको विषय निकै चर्चामा रह्यो। तर, अनुशन्धानका क्रममा भने आश्चर्यजनक तथ्य वाहिर आएको छ। यो चोरीको घटना बीमा रकम ठगी गर्नका लागि मालिकले नै गराएको खुलासा भएको छ।

घट्नापछि सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। प्रहरी अनुसन्धानबाट सुनार आफैले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायका साथ चोरी गराएको खुलेको छ।

घटनामा ५ जना पक्राउ परेका छन्। चितवनका ३५ वर्षीय विनोद सुनार, २५ वर्षीय विजय विश्वकर्मा, ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा, १८ वर्षीय पवनकुमार पासवान र ४२ वर्षीय अन्जना पुडासैनी केसी पक्राउ परेको प्रहरीले जनाएको छ।

सुनारलाई विजय विश्वकर्माले चोरी गर्न सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै, पूर्णबहादुर र पवनकुमार मिलेर पसलमा चोरी गरेको नाटक गरेका थिए। अन्जना पुडासैनी विनोदको मिल्ने साथी भएको र उनले चोरी गरेको धनमाल लुकाउन सहयोग गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट