क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न थप एक जना २ वटा पेस्तोलसहित पक्राउ

जनकपुर– बाराको कलैयास्थित रामराजा मोहन बिक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बारागढी गाउँपालिका– ५, चरमन्तपथराका ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधीराम न्यौपानेका अनुसार उनको साथबाट घट्नामा प्रयोग भएको पेस्तोलसहित अन्य विभिन्न हतियार पनि बरामद भएको छ।

एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक राउण्ड गोली र म्याग्निज बरामद भएको गरेको प्रहरीले जनाएको छ।

कुशवाहाको गत ३२ जेठमा हत्या भएको थियो। आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि उनलाई पछाडिबाट गोली हानिएको थियो। पिठ्युमा गोली लागेर घाईते भएका कुशवाहाको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ। हत्याका मुख्य दोषी भने फरार छन्। उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय भईरहेको डीएसपी न्यौपानेले बताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट