सिरहामा टिपर र विङ्गरलाई ठोक्किर दुर्घटना, २० जना घाईते

लहान — सिरहामा मंगलबार दिउँसो टिपर र विङ्गरलाई ठोक्किर दुर्घटना भएको छ।

पूर्वतिर जाँदै गरेको ना १ आ १६४ नम्बरको टिपरले पश्चिम जाँदै गरेको ना १ ज ६४३८ नम्बरको विङ्गरलाई धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा ठक्कर दिएको हो। अत्यधिक तिव्र गतिमा रहेको टिपरले अनियन्त्रित भएर विङ्गरलाई ठक्कर दिएको जनाईएको छ।

प्रहरीका अनुसार विङ्गरमा रहेका करिब २० जना यात्रु सवै घाईते छन्। ति मध्ये ५ जनालाई बढी चोट लागेको छ। टिपर र विंगर दुवै सवारीका चालक फरार रहेको सिरहाका डीएसपी मुक्तिनाथ सापकोटाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट