छात्रालाई यौन दुर्ब्यवहार गरेको आरोपमा खोटाङपछि मकवानपुरमा पनि शिक्षक पक्राउ

राजविराज— यौन दुर्व्यवहारको आरोपमा खोटाङ पछि मकवानपुरमा पनि एक शिक्षक पक्राउ परेका छन्।

मकवानपुरको मनहरी गाउँपालिका–३ मा आफैले पढाउँदै आएकी छात्रालाई यौन दुर्ब्यवहार गर्ने महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पीडित परिवारले उजुरी दिएपछि उप्रेतीलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ। उप्रेतीलाई अदालतबाट म्याद लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर प्रकाश साहले बताए।

यसअघि गत शनिवार १३ वर्षीया आफनै छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ११ का शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरे पक्राउ गरेका थिए। १३ वर्षीया छात्रालाई ६ महिनादेखि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। छात्राको पेटमा ६ महिनाको गर्भ रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट