सरकारमा सहभागि हुन कांग्रेसमा नेताहरुको होड, सिटौलाले पार्टीको नेतृत्व गर्ने यस्तो छ सम्भावना

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठवन्धन बनेसँगै दुवै पार्टीमा मन्त्री बन्नेहरुको चर्चा सुरु भएको छ।

सोमबार राती सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार ओलीले ९ मन्त्रालयसहित सरकारको नेतृत्व गर्ने छन भने नेपाली कांग्रेसले गृहसहित १० मन्त्रालयको नेतृत्व गर्नेछन्।

कांग्रेसमा नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालगायतका नेता सरकारको नेतृत्व गर्न लालायित देखिएका छन्। तर, कांग्रेसले नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सरकारमा जाने सम्भावना धेरै देखिएको छ।

सिटौला उपप्रधान र गृहसहित सरकारमा जाने सम्भावना रहेको एक नेताले जानकारी दिए। सभापति देउवा निकट रहेका सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने योजनासहित राष्ट्रिय सभा सदस्यमा निर्वाचित गरिएको थियो। तर, राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहाल हुने भएपछि सिटौलालाई पछाडि सारिएको थियो।

सिटौला तयार भए १८ वर्षपछि सरकारमा उनको ‘कमब्याक’ हुनेछ। उनी, ०६३ साल यता सरकारमा सामेल हुन पाएका छैनन्। गिरिजाप्रसाद कोइराला नेतृत्वको ०६३ सालको सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री भएका थिए। गिरिजाको अवशानपछि सभापति देउवाको समेत निकट मानिन्छन् सिटौला।

उनले सरकारमा जाने निर्णय गरे अन्य आकांक्षीहरु स्वतः पछि पर्ने कांग्रेसका नेताहरुको भनाई छ। सिटौला नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन्। तर, कुटील र चतुर हुँदाहुँदै पनि निर्वाचन क्षेत्रमा आफुभन्दा पहुँचवाला नेता भएका कारण उनको संसद यात्रा जटिल वन्दै आएको छ।

प्रतिनिधि सभा निर्वाचनमा पटक–पटक पराजित हुँदै आएका उनी यसपटक राष्ट्रिय सभामार्फत संसद छिरेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट