सिरहामा पोखरीमा डुबेर २ बालकको मृत्यु

लहान– सिरहाको नरहा गाउँपालिका–३, खोरियाटोलमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ।

शुशील मण्डलका छोरा ६ वर्षीय राहुल र उनकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो। दुवै बालक सोमबार विहानदेखि हराई रहेका थिए।

उनीहरुको शव मंगलबार विहान स्थानीय वसन्त यादवको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट