कांग्रेस–एमालेको नयाँ गठबन्धनप्रति बालेन्द्रको व्यंग्यः ‘काले काले मिलेर खाऊँ भाले!’

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मध्येरातमा नयाँ गठवन्धन बनाउने सहमति गरेको प्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ब्यंग्य गरेका छन्।

साहले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् ओली र देउवाको फोटो राखेर ब्यंग्य गरेका हुन। ‘यो समय गिरिबन्धु चियाको हो,’ बालेनले लेखेका छन्, ‘काले काले मिलेर खाऊँ भाले!’ उनले यसअघि पनि गिरिवन्धु टि स्टेटका विषयमा टिप्पणी गरेका थिए।

उनले १० हजार करोडको गिरिवन्धु कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन ओलीलाई चेतवानी दिएका थिए। ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’ उनले लेखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट