पहिरोबाट जोगिन खोज्दा जीप दुर्घटनामा परी आमा छोरा र दाजुभाईसहित ७ जनाको मृत्यु

काठमाडौं– रोल्पामा सोमबार वेलुका जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। ५ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन। प्रहरीका अनुसारमाडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी, परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको दुर्घटनामा ज्यान गएको छ।

चालक दीपक थापामगरसहित ८ जना घाइते भएका छन। जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर गाउँले गुहारेकी थिइन।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन्।

जीपमा १५ जना यात्रु थिए। पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट