सुनसरीमा विङगर दुर्घटना हुँदा ९ जना घाईते, ४ जनाको अवस्था गम्भिर

इटहरी– सुनसरीको कोशी गाउँपालिका–१, राजा पोखरी नजिकै सोमबार विहान विङगर दुर्घटना हुँदा ९ जना घाईते भएका छन्। घाईते मध्ये ४ जनाको अवस्था गम्भिर छ।

सुनसरी प्रहरीका अनुसार सप्तरीको फत्तेपुरबाट सुनसरीको धरान जाँदै गरेको प्रदेश १ ०२००२ख ०२०२ नम्वरको विङगर सोमवार विहान सवा ८ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ९ जना घाईते भएका छन्।

घाईते मध्ये विङगरका मालिक सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरका ४२ वर्षीय ध्रुव ढुङ्गाना, कञ्चनरुप नगरपालिका मलेठकी ४६ वर्षीया हिरा जिसी, ४२ वर्षीया लिला गुप्ता र २० वर्षीया सिम्रन गुप्ताको विराटनगर स्थित आर्या न्युरो हस्पिटलमा उपचार भईरहेको छ। उनीहरु मध्ये ढुङ्गानाको अवस्था गम्भिर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

बाँकी ५ जना घाईतेको स्थानीय सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचार भईरहेको सुनसरी प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट