१३ वर्षीया बालिकाको पेटमा ५ महिनाको बच्चा, बलात्कारी शिक्षक विरुद्ध मुद्दा दर्ता

विराटनगर– खोटाङमा १३ वर्षीया आफनै छात्रालाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका शिक्षक विरुद्ध प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ।

स्थानीय बालिकालाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका– ११ का शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङले आइतबार नै घिमिरे विरुद्ध मुद्दा दर्ता गरेको छ भने खोटाङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरेको छ।

बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन। पेट ठुलो हुँदै गएपछि आफन्तले सोधिखोजी गर्दा बालिकाले शिक्षकले बलात्कार गरेको खुलासा गरेकी थिईन।

घिमिरेले गत पुस महिनादेखि बालिकालाई बलात्कार गर्न थालेको खुलेको छ। बालिकालाई जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरी चेक जाँच गर्दा ५ महिनाको गर्भ रहेको खुलेको छ। त्यहाँ उनको उपचार सम्भव नहुने भएपछि चिकित्सले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन्।

आफन्तसँग सल्लाह गरी थप उपचारका लागि काठमाण्डौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले वताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट