गोठको बाछी चोरी गरी काटेर खाएको आरोपमा धरानमा एक महिलासहित २ जना पक्राउ

ईटहरी– गोठमा बाँधेको गाईको वाछी चोरी गरी काटेर खाएको आरोपमा प्रहरीले धरानमा २ जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–६, पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको कोरली बाछी आइतबार राती चोरी भएको थियो। गोठबाट करिव १५ मिनेटको दुरीमा रहेको घरमा खान खान गएको बताए बाछी चोरी भएको पौडेलले वताईन।

उक्त बाछी काटेर खाएको पाईएपछि धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई बाछीको मासुसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले जानकारी दिए।

डिएसपी राईले घटनाबारे थप अनुसन्धान भइरहेकोे बताएका छन्। पौडेलले भने उनीहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट