छोरीको विवाह लगत्तै बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना

काठमाडौं– छोरी सोनाक्षी सिन्हाको विवाह लगत्तै घरमै लडेका बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन्।

उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ। भारतीय मिडियाका ७७ बर्षिय शत्रुघन सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेका थिए। उनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको हो।

सुरुमा उनलाई सामान्य उपचार गरिएको र पीडा बढ्दै गएपछि अस्पताल भर्ना गरिएको जनाईएको छ। उनी हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद समेत बनेका छन्।

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनका समकक्षी हुन। उनकी छोरी सोनाक्षी सिन्हाले हालै अभिनेता जहीर इकबालसँग विवाह गरेकी छिन्। उनीहरुले कानुनी विवाह गरेका हुन। छोरीको विवाहलाई लिएर घरमा तनावको बातावरण समेत बनेको वताईएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट