काभ्रेमा ६५ वर्षीय पुरुषको शंकास्पद मृत्यु, हत्याको आशंकामा छोरासहित २ जना पक्राउ

काठमाण्डौं– काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–७ चापाखोरीका ६५ वर्षीय टुल्कु लामा खरबारीमा मृत अवस्थामा फेला परेका छन्। उनको हत्या भएको प्रहरीले आशंका गरेको छ।

प्रहरीका अनुसार आईतबार टुल्कु मादक पदार्थ सेवन गरी घर पुगेर। तर, खाना खाने बेलामा खोजी गर्दा उनी घरमा भेटिएनन्। खोजतलास गर्दा खरबारीमा रहेको अमलाको रुखमा झुण्डिएको अवस्थामा भेटिएको उनका छोरा मिलनले प्रहरीलाई बताएका छन्।

तर, घट्नाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले टुल्कुको शव झुण्डिएको नभई अमलाको रुख नजिकै फेला पारेको थियो। सोधपुछ गर्दा ‘बाँच्ने आशामा डोरि फुकाई दिएको’ मिलनले बताएका छन्।

यता, स्थानीयवासीले भने घटना शंकास्पद रहेको भन्दै प्रहरीमा अनुशन्धानका लागि निवेदन दिएका छन्। प्रहरीका अनुसार झुण्डिएको अवस्थामा नभई अमलाको फेदमा शव भेटिनु, टाउकोमा विभिन्न ठाउँमा ३ ईन्च भन्दा ठूलो र शरिरमा पनि विभिन्न ठाउँमा ठूलो घाउ देखिएकाले हत्या नै भएको हुन सक्ने आशंका छ।

मृतकका छोरा मिलन र साढुभाई नाता पर्ने रोशी गाउँपालिका–९ का २६ वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट