जन्ती बोकेर सर्लाहीबाट लहान आउँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाईते (नामसहित)

लहान– जन्ती बोकेर सर्लाहीबाट सिरहाको लहान आउँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १३ जना घाईते भएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा ना ५ ख ४४९२ नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई रोड छेउमा पल्टिएको हो।

दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, सोही स्थानका ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, विरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा घाईते भएका छन्।

यसैगरी, सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दिप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह, ६० वर्षीय जगदिश राय र ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भईरहेको धनुषा प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट