पहिरोले घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु, बुबा घाईते

काठमाण्डौं– जाजरकोटमा पहिरोले घर भत्किँदा पुरिएर ६ वर्षीय बालकको मृत्यु भएको छ।

भेरी नगरपालिका–५ ईब्राका रमेश विकका छोरा ६ बर्षीय प्रिन्स को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सोमबार बिहान साढे ५ बजे पहिरो खस्दा विकको घर भत्किएको थियो।

सोही क्रममा बालकको मृत्यु भएको जाजरकोट प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाले बताए। उनका अनुसार प्रिन्सका बुवा रमेश घाइते भएका छन्।

६ जनाको परिवारमा अरु सकुशल रहेको डिएसपी सापकोटाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट