होटल सञ्चालक महिलाको कुटपिटबाट रक्सी खान पुगेका ग्राहकको मृत्यु, महिला पक्राउ

विराटनगर– मोरङको विराटनगरमा होटल सञ्चालको कुटपिटबाट मदिरा सेवन गर्न आएका एक ग्राहकको मृत्यु भएको छ।

विराटनगर– १९ बैजनाथपुरका ५० वर्षीय वीरबल गोसाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा होटल (खाजाघर) सञ्चालक स्थानीय ३५ वर्षीया तालीदेवी ऋषिदेव पक्राउ परेकी छिन्। वीरबलको मृत्यपछि ती महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार तालीको खाजाघर वीरबल सधैं रेक्सी सेवन गर्न जाने ठाउँ हो। शनिवार पनि उनी २ पटक त्यहाँ पुगेका थिए। पहिलो पटक दिउँसो पुगेका उनलाई तालीले कुटपिट गरेको खुलेको छ। आफूलाई होलटमा कुटिएको गुनासो घरमा गएर उनले छोरीसँग गरेका थिए।

‘साँझ फेरि उनी सोही होटलमा पुगेका रहेछन्। दोस्रो पटक जाँदा थप कुटपिट भएको खुलेको छ’– मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने। दुई पटक कुटाई खाएर घाईते भएका गोसाइँ रातभर नजिकैको सडकमा सुतेको पाइएको छ।

आइतबार दिउँसो उपचारको लागि आफन्तले उनलाई विराटरकै कोसी अस्पतालमा लगेका थिए। उपचारकै क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको डीएसपी बस्नेतले बताए। कुटपिट भए पनि मृतकको शरीरमा ठूलो घाउचोट भने देखिएको छैन।

पक्राउ परेकी महिलाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन्। मदिरा खान आउँदा दुःख दिने गरेकाले त्यो दिन ‘गइहाल’ भनेर धकेल्दा गोसाइँ लडेको उनको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट