रेशमको पार्टीमा उथलपुथलः रञ्जिता श्रेष्ठलाई हटाएर गंगा चौधरी बने संसदीय दलको नेता

काठमाण्डौं– रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा उथलपुथल भएको छ। पार्टीका बहुमत सांसदले संसदीय दलको नेताबाट केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई हटाएका छन्।

दलको नेतामा गङ्गा चौधरी चयन भएका छन्। चौधरी यसअघि प्रमुख सचेतक थिए। प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ। लालवीर चौधरी रेशम चौधरीका बुवा हुन्।

नाउपा केन्द्रमा रहेका चार मध्ये ३ सांसदले यो निर्णयमा हस्ताक्षर गरेका छन्। गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेको जनाईएको छ।

दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट