सवारी दुर्घटनाका कारण नाटकिय रुपमा पक्राउ परे असई अत्याका अभियुक्त पूर्वसांसद यादव

जनकपुर– महोत्तरीको सम्सी गाउँपालिका–५ मा शनिबार साँझ दुई वटा सवारी साधन ठोक्किएर दुर्घटना भयो।

भारतीय नम्बर प्लेटको डीएल ३ सीएवाइ ८६१५ नम्बरको स्कारपियो र प्रदेश २–ं०२–००१च ००४५ नम्बरको महिन्द्रा पिकअप गाडी ठोक्किदा भारतीय गाडीमा सवार ३ जना घाइते भए।

दुर्घटनापछि प्रहरी घट्नास्थल पुग्यो। त्यही क्रममा भारतीय गाडीलाई ठक्कर दिएको नेपाली महिन्द्रा पिकअप भाग्न खोज्यो। तर, प्रहरीले क्रियाशिलता देखाएर उक्त गाडीलाई नियन्त्रणमा लियो। जसमा चालकसहित २ जना थिए।

प्रहरीले पिकअपका चालकसँग बयान लिने क्रममा बल्ल थाहा पायो, गाडीमा सवार अर्का ब्यक्ति सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न फरार अभियुक्त पूर्वप्रदेश सांसद कौशल कुमार यादव हुन।

उनी असई विकको हत्या घट्नामा ८ वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेको फरार अभियुक्त हुन। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालका अनुसार सोधपुछ गर्ने क्रममा उनको पहिचान खुलेपछि तत्कालै नियन्त्रणमा लिइएको थियो।

२५ भदौ ०७२ मा प्रेम विकले दिएको जाहेरी दर्ता भई यादवमाथिको कर्तव्य ज्यानको मुद्दा अदालतमा मुल्तवीमा रहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट