खेत जोतिरहेको ट्याक्टर पछाडि उल्टिएर च्यापिँदा चालकको मृत्यु

जनकपुर— सर्लाहीमा आईतबार खेत जोतिरहेको ट्याक्टर पछाडि उल्टिएर चालकको मृत्यु भएको छ।

हरिवन नगरपालिका–१, पटौनामा धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नं. को ट्याक्टर आफैँ अनियन्त्रित भइ पछाडि उल्टिएको थियो। ट्याक्टर उल्टिँदा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक हरिवन नगरपालिका–२, अत्रौलीका ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो। खेतको आली चढाउने क्रममा ट्याक्टर पल्टिदा चालक राउतको रोटाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट