लालीगुराँस सहकारीका सीईओपछि अध्यक्ष र कोषाध्यक्षसहित थप ३ जना पक्राउ

काठमाडौं– ललितपुरको लालीगुराँस सहकारी संस्थाका सीईओ (कार्यकारी प्रमुख) सुरेन्द्र भण्डारीपछि अध्यक्ष अमरदास श्रेष्ठसहित थप ३ जना पक्राउ परेका छन्। सहकारीका बचतकर्ताको ६ अर्ब भन्दा बढी रकम अपचलन गरेको आरोपको अनुशन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन।

अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाई बचतकर्ताहरूलाई हानिनोक्सानी पुर्याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख (एसएसपी) सानुराम भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखासमिति बिरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको बताए।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट