शिक्षकबाट बलात्कृत १३ वर्षीया छात्रा गर्भवती, ५८ वर्षीय शिक्षक पक्राउ

विराटनगर– खोटाङमा एक शिक्षकले आफनै १३ वर्षीया छात्रालाई बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ। बलात्कार आरोपमा हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका छन्।

उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफनै शिक्षकबाट बलात्कृत भएकी स्थानीय छात्रा गर्भवती छिन्। बालिका गर्भवती भएको थाहा पाएपछि उनका आफत्ले प्रहरीलाई जानकारी गराएका हुन।

पक्राउ परेका शिक्षकलाई आइतबार म्याद थप गरी थप अनुसन्धान बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट