आफन्तको घरमा आएका पाँचथरका युवक झापामा मृत भेटिए, अनुशन्धान गर्दै प्रहरी

दमक– झापाको बिर्तामोडस्थित सानीआमाको घरमा वस्दै आएका पाँचथरका एक युवकको शव फेला परेको छ।

बिर्तामोड नगरपालिका–१ भगवान चोकस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा कार्यरत कर्मचारी (सानीआमा) सँग बस्दै आएका पाँचथरको थालेलुङ गाउपालिका–४ का २३ बर्षीय अर्पण साउदेनको शव फेला परेको हो।

कम्पनीको कम्पाण्डमै रहेको आँपको रुखमा छालाको पेटीको पाशोमा झुण्डीएको अवस्थामा साउदेनको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

बिहान करिव साढे ५ वजे उनको शव फेला परेको र घट्नाको अनुशन्धान भईरहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट