सर्लाहीमा ४५ वर्षीया महिलाको हत्या, मकैबारीमा भेटियो शव

जनकपुर– सर्लाहीमा घाँस काट्न गएकी एक महिलाको हत्या भएको छ। हरिपुर नगरपालिका–४, हरैयाकी ४५ वर्षीया कृष्णादेवी रायको शव शनिवार राती मकैबारीमा फेला परेको छ।

राती करिव साढे ९ बजे स्थानीयवासीले महिलाको महिलाको शव फेला परेको भन्दै प्रहरीलाई खवर गरेका थिए। इलाका प्रहरी कार्यालय हरिपुरको प्रहरी टोली घट्नास्थल पुगेर उनको बारेमा सोधपुछ गर्दा कृष्णादेवीको पहिचान खुलेको थियो।

प्रहरीका अनुसार कृष्णादेवी घाँस काट्न भन्दै दिउँसै घरबाट खेततर्फ लागेकी थिईन। तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि उनका पति ठगा राय श्रीमतीको खोजीमा लागेका थिए। अत्यमा घरबाट करिब ५ सय मिटर पूर्व आफनै मकैबारीमा उनको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहका अनुसार महिलाको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको अनुमान गरिएको छ। घट्नाको अनुशन्धान भईरहेको एसपी सिंहले वताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट