किन पक्राउ परे लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारी ?

काठमाण्डौं– ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको छ। बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उनी काठमाडौँको बालुवाटारबाट पक्राउ परेका हुन्।

सहकारीले ६ अर्ब बचत रकम अपचलन गरेको आरोप लागेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले भण्डारीलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजीकुमार आचार्यका अनुसार उनलाई हिरासतमा राखेर अनुशन्धान अघि वढाईएको छ।

यो सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनm ०८० मासमस्याग्रस्त सहकारी घोषणा गरेको छ।

सहकारीका सचिव समेत रहेका भण्डारीले बचतकर्ताले जम्मा गरेको रकम दुरुपयोग गरी निजी व्यवसाय सञ्चालन गरेको पाईएको थियो। बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलगायत सञ्चालन गरेको खुलेको थियो।

संस्थाले २१औं वार्षिक प्रतिवेदनमा त लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी रहेको उल्लेख गरेको छ। जबकी सहकारी संस्थाले निजी कम्पनीमा लगानी गर्न पाउँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट