तेस्रो चरणको स्तन क्यान्सरसँग लडिरहेकी अभिनेत्री हिना खानको भावुक सन्देश

राजविराज– ‘ये रिस्ता क्या कहलाता है’ टिभी सिरियलबाट घर घरमा चर्चित बनेकी भारतीय अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ। उनी स्वयमले शुक्रबार सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएकी हुन।

उनले आफुलाई स्तन क्यान्सर भएको र त्यस विरुद्ध आफु लडिरहेको जनाएकी छिन्। ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु।’– उनले लेखेकी छिन्।

‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु। मलाई तेस्रो चरणको स्तन क्यान्सर छ। यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु’ उनले अगाडि लेखेकी छिन्–‘म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु। मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हरसम्भव प्रयास गर्न तयार छु।’

उनले फ्यानसँग गोपनियता र सम्मानको चाहना राखेकी छिन्। ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु’ हिनाले लेखेकी छन्–‘म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु।’

‘ये रिस्ता क्या कहलाता है’ नामको सिरियलबाट चर्चामा आएपछि उनले चर्चित रियालिटी शो बिग बोसमा पनि काम गरेकी थिईन। बिग बोसपछि उनले केही फिल्ममा समेत काम गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट