बालेन्द्र र नगरसभा सदस्यको विवादले उपमेयर डंगोलको पोर्चुगल भ्रमण रोकियो

काठमाण्डौँ– काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र नगरसभा सदस्यको विवादका कारण उपमेयर सुनिता डंगोलले पोचुर्गल भ्रमण स्थगित भएको छ।

नगरसभा बैठकमा देखिएको विवादकाबीच पोर्चुगल भ्रमणमा निस्कँदा गलत सन्देश जानसक्ने भन्दै उपमेयर डंगोलले आफै भ्रमण स्थगित गरेकी हुन्। उनी १५ असारमा पोर्चुगल जाने तालिका थियो।

मेयर साहले शुक्रबार बिहानै फेसबुक मार्फत नगरसभा बैठक स्थगित गरेका छन्। साह ३ घन्टासम्म बैठकमा नपुगेपछि नगरसभा सदस्यहरू फर्किन बाध्य भएका थिए। यस्तो अवस्थामा आफ्नो पोर्चुगल भ्रमणले झनै गलत सन्देश जानसक्ने भन्दै सुनिताले भ्रमण स्थगित गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ।

मेयर साहले शुक्रवार कांग्रेस र एमालेका प्रतिनिधिलाई आरोपित गरेर नगरसभा स्थगनको सूचना दिएका छन्। मेयर साहले उपमेयर डंगोल पोर्चुगल उडेपछि उपप्रमुखका कारण बैठक बस्न नसकेको भनेर फेसबुकमा स्टाटस लेख्ने सम्भावनाको विश्लेषण भइसकेको थियो।

त्यही सम्भावनाको विश्लेषणपछि वडाध्यक्षहरू समेतको सल्लाहमा डंगोलले नीति, कार्यक्रम र बजेटमाथिको महत्वपूर्ण छलफल छाडेर विदेश भ्रमण गर्नु उचित नहुने भन्दै भ्रमण स्थगित गरिसकेकी थिइन्।

डंगोलले भ्रमण स्थगन गरेको मेसो पाएपछि मेयर नयाँ रणनीतिसहित राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यहरुलाई अर्को आरोप लगाएको दाबी उनीहरूको छ। १५औँ नगरसभाको तेस्रो बैठकमा नगर सभा सदस्यहरूले अंकुश लगाइ दिएका थिए। त्यसपछि मेयर साह केही दिन मौन बसेका थिए।

सभाको बैठकमा कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादीबाट निर्वाचित भएका सबै सदस्यहरूले मेयरको विरोध गरेपछि उनै कसैसँग सम्पर्कका थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट