राष्ट्रपतिमाथि ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सकी महिला मन्त्री पक्राउ

काठमाण्डौं– राष्ट्रपतिमाथि ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सकी एक महिलामन्त्रीलाई प्रहरीले पक्राउ गरेको छ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमसहित ३ जनालाई आइतबार राजधानी मालेमा पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुलाई एक साता हिरासतमा राखेर अनुशन्धान गर्ने अनुमती पाएको छ। मन्त्रीमाथि राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

स्थानीय सञ्चार माध्यम द सनले शामनाजलाई पक्राउ गरिएको खबर आएको जनाएको छ। मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहितामा जादूटूनालाई अपराधको रुपमा उल्लेख गरिएको छैन। तर, इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनसक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट