७ महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका एक युवाको मृत्यु, ९ जना सम्पर्कविहिन

काठमाण्डौं– ७ महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका एक युवाको द्वन्द्वग्रस्त क्षेत्रमा मृत्यु भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वाराका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो।

रुसी सेनामै रहेका गुरुङका साथीले उनका परिवारलाई फोन गरेर मृत्युको खवर सुनाएका हुन। रुसी सेनामा भर्ना भएपछि निरन्तर परिवारको सम्पर्कमा रहेका गुरुङ १५ दिनदेखि सम्पर्कमा आएका थिएनन्।

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। फोन गर्ने व्यक्तिले आफु घाईते भएको वताएका वडाध्यक्ष गुरुङले बताए।

वडाध्यक्ष गुरुङका अनुसार हालसम्म रुसी सेनामा भर्ना भएका तनहुँका मात्रै ९ जना सम्पर्कविहिन छन्। जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रले पनि जिल्लाका ९ जना युवा रुसी सेनामा भर्ना भएको र अ सम्पर्कमा नरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट