रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ

जनकपुर– बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। क्याम्पस प्रमुख कुशवाहको ३२ जेठमा गोली हानी हत्या गरिएको थियो।

बारा प्रहरीका डिएसपी दधिराम न्यौपानेका अनुसार उक्त अपराधमा संलग्न बाराको खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह, ५० वर्षीय ब्रह्मदेव राम, ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कुर्मलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुको साथबाट तीन वटा मोटरसाइकल र ६ राउन्ड गोली बरामद भएको छ। कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने ठाउँमा मोटरसाईकलमा आएका २ जनाले पछाडिबाट गोली हानेका थिए। पिठ्युँमा गोली लागेको कुशवाहाको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

यसअघि नै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। पक्राउ परेकाहरु माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउन बारा जिल्ला अदालतबाट ६ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट