यौनशक्ति बर्धक औषधि प्रयोग गरेर सम्वन्ध बनाउँदा प्रेमिको मृत्यु, होटलमा शव छोडेर प्रेमिका फरार

लहान– वैदेशिक रोजगारीबाट फर्किएकै दिन सोमबार सिरहाको धनगढी नगरपालिका–१० का ३२ वर्षीय प्रमोदकुमार कामत स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा मृत फेला परे। जानकारी अनुसार उनीसँगै होटलमा एक महिला पनि सँगै छिरेकी थिईन।

महिला होटलबाट निस्एिपनि कामत ननिस्किएपछि ढोका खोलेर हेर्दा उनी मृत फेला परेका थिए। मलेसियाबाट फर्किएर घर पुगेर झोला विसाउन नपाउँदै होटल पुगेका उनको मृत्यु बारे प्रहरीले अनुशन्धान गरिरहेको छ। प्रारम्भिक निस्कर्षमा यौनवर्धक औषधी सेवन गरेर प्रेमिकासँग यौन सम्पर्क गर्दा उनको मृत्यु भएको हुन सक्ने देखिएको छ।

सिरहा प्रहरीका एसपी रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिएका छन्। ‘साथीलाई सामान दिनुछ’ भन्दै घरबाट निस्किएका उनी प्रेमिकालाई लिएर होटलमा पुगेका थिए। प्रहरीका अनुसार ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले हालसम्मको अनुशन्धानले मृतक कामत सोमबार बिहान साढे ९ बजे एक महिलासँगै होटेलमा प्रवेश गरेका थिए। राहदानी देखाएर ‘श्रीमतीसँग बस्ने’ भन्दै उनले होटेल बुक गरेका थिए। करिब अढाइ बजेतिर ‘श्रीमान सुतिरहेको’ भन्दै महिला बाहिर निस्किईन। तर, महिला बाहिरिएको करिव २ घण्टासम्म पनि फर्किएर आईनन्। त्यसपछि होटलवाला कोठामा पुग्दा कामत मृतक अवस्थामा भेटिए।

होटेल सञ्चालकले नै प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला पारेको थियो। कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद भएको थियो। सोही कन्डम र बान्ताका आधारमा उनले यौन शक्ति बढाउने औषधी सेवनबाट उनको मृत्यु भएको प्रहरीको निष्कर्ष छ।

मृतकसँगै गएकी महिलाको पनि प्रहरीले पहिचान गरेको छ। तर, उनलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छैन। मृतकका श्रीमती तीन छोरा र दुई छोरी छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट