सिरहामा विदेशबाट फर्केकै दिन एक महिलासँग होटलमा छिरेका युवक मृत फेला

लहान — सिरहामा वैदेशिक रोजगारीबाट फर्केकै दिन एक युवक मृत अवस्थामा फेला परेका छन्।

धनगढीमाई नगरपालिका ३ का ३२ वर्षीय प्रमोदकुमार कामतीलाई सोमबार दिउँसो मृत अवस्थामा फेला पारिएको हो। उनी धनगढीमाई नगरपालिका–१० स्थित धनगढीमाई होटल एन्ड लजमा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, उनी सोमबार विहान नै विदेशबाट आईपुगेका थिए। घर आएको केही समयपछि उनी साढे ९ बजे एकजना महिलासँग लजमा छिरेका थिए।

त्यसको केही समयपछि महिला लजबाट निस्किए पनि कामती भने धेरै बेरसम्म बाहिर आएनन्। दिउँसो ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका थिए। त्यसपछि प्रहरीलाई जानकारी गराईएको थियो।

घटनाको विषयमा अनुसन्धान भइरहेको सिरहा प्रहरीका डीएसपी मुक्तिनाथ सापकोटाले बताए। मृतकका श्रीमती तीन छोरा र दुई छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट